काठमान्डौं ।
‘Safe spaces for youth and transforming Nepal:Youth Leadership and Innovation’ भन्ने मुलनाराका साथ राष्ट्रिय युवा सम्मेलन २०१८ आज दोस्रो दिन युवाहरुले युवाका समसामयिक समस्याहरुका बारे बोल्दै दोस्रो दिनका सम्मेलन सकिएको हो । नेपाल युवा परिषदले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर राजधानीमा काठमान्डौंमा सम्मेलन आयोजना गरिएको छ ।
‘Safe spaces for youth and transforming Nepal:Youth Leadership and Innovation’ भन्ने मुलनाराका साथ राष्ट्रिय युवा सम्मेलन २०१८ आज दोस्रो दिन युवाहरुले युवाका समसामयिक समस्याहरुका बारे बोल्दै दोस्रो दिनका सम्मेलन सकिएको हो । नेपाल युवा परिषदले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर राजधानीमा काठमान्डौंमा सम्मेलन आयोजना गरिएको छ ।
देशभरका ७७ वटै जिल्लाका युवाहरुको सहभागितामा शुरु भएको युवा सम्मेलनको उद्घाटन नेपाल सरकारका शहरी विकास मन्त्री माननीय मोहम्मद इश्तियाक राईले गरेका थिए ।

नेपाल अहिले नयाँ संरचनामा प्रवेश गरिसकेकोले सामाजिक समावेशीकरणको सिद्धान्त अपनाई तराई, पहाड, हिमालका हरेक वर्गको भाषा, धर्म, साँस्कृती सम्मान गर्न पर्छ । मधेशी, मुस्लीम, थारु, नेवार, दलित, जनजाती, आदीवासीआदि सवैको राष्ट्रियता एउटै हो, हाम्रो देश विविधताले भरिएको मुलुकहो, नेपालको विविधता नै हाम्रो पहिचान हो । कुनै पनि मुलुकको विकास र समाज परिवर्तनमा युवाको महत्वपूर्ण हुन्छ, युवा भविष्यका होइन, वर्तमानका कर्णधार हुन, कार्यक्रमका प्रमुख अतिथी रहेका मन्त्री इश्तियाकले बताए ।
बिशेष अतिथी रहेका संयुक्त राष्ट्र संघका आवासीयका.मु. प्रतिनिधि रिचार्ड होवार्डले युवा परिवर्तनका संवाहक हुन, युवाले विश्वकै मुहार फेर्ने अठोटका साथलक्ष्यनिर्धारण गरी अगाडी बढ्नु पर्छ र नेपालविभिन्न सम्भावना र अवसरले भरिएको देश हो, यस विषयमा भुमिका अहम हुनुपर्छ भन्ने कुरा बताएका छन ।

नेपाल युवा परिषदका केन्द्रिय अध्यक्ष सरोज बानियाँको सभापतित्वमा भएको उद्घाटन कार्यक्रमको विशेष अतिथीको रुपमा बेलकोटगढी नगरपालिकाकी उपमेयर कविता ढुङ्गाना, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका निर्देशक नरहरी प्रसाद घिमिरे, नेपालका लागि इथियोपियाका कोन्सेलर राजेन्द्र गिरी, बिशेष अतिथि डिजी रोटरी इन्टरनेशन डिस्ट्रिक ३२९२ नेपाल भुटानका चिन्तामणी भट्टराई अतिथीमा नागरिक समुहका अध्यक्ष निगम हुमागाई, विनोद अधिकारी, विष्णुहरी दाहाल, अनुज थापा, स्नेहाराज भण्डारी, गोविन्द भट्टराई लगायतको विशेष उपस्थिती रहेको थियो ।
तीन दिनसम्म चल्ने आवासीय सम्मेलनमा सहभागी युवाहरुलाई कृषि, पर्यटन, सुचना प्रबिधि लगतयात दिगो विकासका लक्ष्यहरु, युवा उधमशिलता, नेतृत्व विकास, युथ मोटिभेसन लगायतको विषयमा प्रशिक्षण दिईने र ७ वटै प्रदेशका युवाहरुले प्रदेश विकासका लागि छुट्टा–छुट्टै योजनाबनाई सम्बन्धित सरकारकाप्रतिनिधीलाई बुझाउने कार्यक्रम रहेको आयोजन संस्थाका उपाध्यक्ष सुदर्शन बिडारीले बताए । देशभरीबाट विभिन्न समुदायको प्रनिधित्वहुने गरी २०४ जना युवाहरुको सहभागिता रहेको छ ।

0 comments:
Post a Comment