SITE TRANSLATOR

Tuesday, November 13, 2018

संगीतमयी श्रीमद् भागवत् कथा ज्ञान यज्ञ–महोत्सव नेपालगन्जमा शुरु

नेपालगन्ज २७ कार्तिक / नन्कुराम होलीराम (थोक कपडा पसल ) नेपालगन्जको आयोजनामा नेपालगन्जको जुनीयर क्याम्ब्रिज स्कुल प्रागणमा संगीतमयी श्रीमम् भागवत् कथा ज्ञान यज्ञ–महोत्सव आजबाट शुरु भएको छ ।  मंसिर ८ गतेसम्म सन्चालन रहने सो महोत्सवमा अन्तरराष्ट्रिय सन्त श्री नवराज प्रपन्न जी महाराज(हरिद्धार वाले) ज्युको मुखार वृन्दबाट कथा वाचन हुने छ । 
सोही अवशरमा आज नेपालगन्जको महाकाली मन्दिरबाट कलस यात्रा शुुरु गरि महोत्सव स्थलमा पुुगी कलस यात्रा विर्सजन गरिएको थियो । सो कलस यात्रामा भगवान कृष्ण र देवीको रुपमा बालबालिका सजिएका थिए । साथै श्रद्धालुहरुले कलसलाई रंगीबिरगी सजाएर परिक्रमा गरेका थिए । 
सो महोत्सवमा संगीतमयी कथा वाचन साथै योग अभ्यास गराईने आयोजकले बताएको छ । आयोजकको तर्फबाट नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहनु भएका नन्दलाल वैश्यले योग साधना अभ्यास, प्राणायम र आसान गर्नाले शारिरीक, मानसिक तथा आध्यात्मिक रुपले स्वस्थ हुने हुदाँ नेपालगन्जका श्रद्धालुहरुलाई निमन्त्रणा समेत गर्नुभएको छ  ।
साथै उहाँले आफनो आमा शौभाग्यवती वैश्यको ईच्छा र चाहाना अनुसार सो महोत्सव आयोजना गरिएको बताउनुभयो ।
Share:

0 comments:

Post a Comment

Copyright © Som Gurung. Designed by Bamdev Pokhrel