सोम गुरुङ्ग,बर्दिया ६ मंसिर / सामाजिक सचेतन सरोकार मन्च(स्याक) को आयोजना तथा प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बढैयाताल गाउँपालिकाको सहकार्यमा बालबालिका संरक्षणको लागि श्रोत नंक्शाङ्कन बनाइने भएको छ । श्रोत नंक्शाङ्कन निर्माण भएपछि जोखिममा परेका बालबालिकाहरुलाई तुरुन्त उद्धार गर्न सहज हुने सहभागीहरुले बताएका छन् । आज भएको गाउँपालिका स्तरीय सरोकारवाला निकायसंग छलफलमा श्रोत नंक्शाङ्कनमा के कस्ता सूचनाहरु र विवरण राख्ने भन्ने बारे बृहत छलफल गरिएको छ ।
श्रोत नंक्शाङ्कन निर्माण गर्नुको उद्धे्र्श्य बारे बालिका संरक्षण परियोजना र बालिका एजेन्सी तथा युवा शसक्तिकरण परियोजना कार्यक्रमका परियोजना संयोजक शेषकान्त शर्माले जानकारी दिनुभयो । सो अन्तरक्रिया कार्यक्रमको अध्यक्षता गर्नुभएको बढैयाताल गाँउपालिकाका उपाध्यक्ष तथा पालिका स्तरीय बाल संरक्षण समितिका संयोजक दिपा कुमारी गौतमले स्थानिय तहहरुमा बालसंरक्षण नीति कार्यान्वय गराउन साथै बालबालिकाको हक अधिकार संरक्षण र बालविवाह विरुद्ध अभियान साथै महिला हिंसा विरुद्ध अभियान १६ दिने अभियान सन्चालन गर्न पालिकाले सबै निकायसंग समन्वय र सहकार्य गरि ठोस कार्य योजना बनाउने प्रतिबद्धता समेत गर्नुभयो । बढैयाताल गाउँपालिकाले पालिका स्तरीय बाल संरक्षण समिति र पालिका स्तरयि बाल सन्जाल पनि निर्माण गरेको जानकारी दिनुभयो ।
सो अन्तरक्रिया कार्यक्रममा सो बढैयाताल गाउँपालिका बालबालिकाको क्षेत्रमा कार्यरत संस्थाहरुले आआफनो संस्थाको कार्यक्रम बारे जानकारी गराएका थिए । सो गाँउपालिका अन्तरगतका, महिला तथा बालबालिका शाखाका दुर्गा हमाल , इलाका प्रहरी कार्यालय, मैनापोखरका प्रहरी निरिक्षक लक्ष्मण ओली नं. ६ का वडा अध्यक्ष रामहर्ष थारुले आआफनो वडाले बालबालिकाको संरक्षणको लागि बजेट तथा कार्यक्रम योजना समेत छुट्याएको जानकारी गराउनुभयो ।
प्रहरी चौकी प्रतिनीधि, गैरसरकारी संस्थाका प्रतिनिधिहरु,बालक्लवका सदस्य ,नागरिक समाज, शिक्षक र बालबालिकाको समेतको सहभागिता रहेको थियो । हाल बढैयाताल गाउँपालिकामा प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बालिका संरक्षण परियोजना र बालिका एजेन्सी तथा युुवा शसक्तिकरण परियोजना कार्यक्रम संचालन भइरहेको छ । सो परियोजनाले स्थानीय तहमा बाल संरक्षण नीति बनाउन र कार्यान्वयमा जोड दिने स्याकका सहजकर्ता जनक चौधरीले बताउनुभयो ।

0 comments:
Post a Comment