SITE TRANSLATOR

Sunday, November 25, 2018

बढैयाताल गाउँपालिकाद्धारा बालमैत्री विद्यालय बनाउन ३ दिने सकारात्मक तालीम शुरु

सोम गुरुङ, बर्दिया ९ मंसिर /  बढैयाताल गाउपालिका स्तरीय वाल संरक्षण समितीको आयोजना तथा तथा प्लान ईन्टरनेशनल नेपाल र सामाजीक सचेतनसरोकार मंच (स्याक)को सहयोगमा  बढैयाताल गाउँपालिका शिक्षा शाखाको सहकार्यमा आइतबारदेखि तिन दिने सकारात्मक अनुशासन तालीम गाउँपालिकामा शुरु भएको छ । बढैयाताल गाउँपालिका माध्यमिक विद्यालयका प्राधानाध्यापक र विद्यालय व्यवस्थापन समीतीका अध्यक्षहरु गरी १८ जनाको उपस्थीति रहेको छ । 
तिन दिने सकारात्मक तालीम संचालन गर्नुको उद्धे्श्य  बारे बालिका संरक्षण परियोजना र बालिका एजेन्सी तथा युवा शसक्तिकरण परियोजना कार्यक्रमका परियोजना संयोजक शेषकान्त शर्माले जानकारी दिनुभयो । सो तालीमको उत्घाटन सत्रमा बढैयाताल गाँउपालिका वडा न.६ का अध्यक्ष तथा पालिका स्तरीय बाल संरक्षण समितिका सदस्य श्री रामहर्ष थारूले स्थानिय तहहरुमा बालसंरक्षण नीति कार्यान्वय गराउन साथै बालबालिकाको हक अधिकार संरक्षण र  बालविवाह विरुद्ध अभियान सन्चालन गर्न पालिकाले स्याक नेपाल बाके लगायत सबै निकायसंग समन्वय र सहकार्य गरि योजना अनुसार कार्य अघि बढ्ने प्रतिबद्धता समेत गर्नुभयो ।  
सो तालीमको सहजीकरण बढैयाताल गाउँपालिकाको शिक्षा स्रोत व्यक्ती विमला गुरुङ्गले गर्नु भएको छ । सहजीकरणको क्रममा पहिलो दिन असल व्यवहार प्रोत्साहन, इरिक्सनको बाल ब्यवहार सम्वन्धि मनोसामाजीक विकासको सिद्वान्त , गार्डनरको बहुबुद्धिको सिद्वान्त, बालबालीकाका आयश्यकता, बालअधिकार तथा बालमैत्री वातावरण सम्वन्धमा, स्वास्थ वालविकासका बाधकहरू स् शारीरिक तथा मनोवैज्ञानिक सजाय जस्ता विषयमा सहजीकरण भएको थियो ।
हाल बढैयाताल गाउँपालिकामा  प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बालिका संरक्षण परियोजना र बालिका एजेन्सी तथा युवा शसक्तिकरण परियोजना कार्यक्रम संचालन भइरहेको छ । सो परियोजनाले स्थानीय तहमा बाल संरक्षण नीति बनाउन र कार्यान्वयमा जोड दिने स्याक नेपालका सहजकर्ता जनक चौधरीले बताउनु भएको छ ।
Share:

0 comments:

Post a Comment

Copyright © Som Gurung. Designed by Bamdev Pokhrel