सोम गुरुङ, बाँके २० मंसिर / सामाजिक सचेतन सरोकार केन्द्र (स्याक)को आयोजना तथा सामुदायिक छलफल केन्द्रको सहकार्यमा लैंगिक हिंसा र दुब्र्यवहार छैन हामीलाई स्वीकार भन्ने मुुल नाराको साथ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अवशरमा बाँकेको डुडुवा गाउँपालिका वडा नं.५ को कम्दीमा बृहत सचेतना रयालीको साथै सडक नाटक प्रर्दशन गरिएको छ । आर्दश बाल क्लबको भाईबैनिहरुको समुहले सो सचेतना नाटक प्रस्तुत गरेका थिए ।
सो सडक नाटकमा लैगिक हिंसा कसरी हुन्छ ? नियन्त्रण कसरी गर्न सकिन्छ ? भन्ने बारे सचेतना नाटकमा प्रस्तुुत गरिएको थियो । सो नाटक हेर्न स्थानीय बासिन्दा, विद्यार्थी , जनप्रतिनिधि, स्थानीय सभाका सदस्य, रेडियो श्रोता समुहका सदस्यहरु र बालबालिकाको सहभागिता रहेको स्याकका तथ्याकं अधिकृत कृष्ण गिरीले बताए ।
त्यसै गरि डुडुवाको वडा नं ४ मा पनि लैगिक हिंसा न्यूनिकरण सम्बन्धि सचेतना कार्यक्रमका आयोजना गरिएको थियो । सो कार्यक्रमको सहजीकरण सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिवक्ता विश्वजित तिवारीले कानुुनी प्रक्रिया बारे बताउनुभएको थियो । सो अवशरमा डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरी, उपाध्यक्ष साहिदा बानो, महिला तथा बालबालिका शाखाका प्रमुख प्रभा शाहीले लैंगिक हिंसा न्यूनिकरणको लागि स्थानीय सरकार पनि सकृय भएर लागिरहेको विचार राख्नुभएको थियो ।




0 comments:
Post a Comment