SITE TRANSLATOR

Sunday, February 3, 2019

प्रादेशिक महोत्सव २०७५ सफल बनाउन छापा सन्चारमाध्यममा कार्यरत पत्रकारहरुसंग छलफल

बाँके २० माघ / नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा फाल्गुण १६ गतेदेखि २६ गतेसम्म सडक डिभिजन परिसर, कारकाँदोमा आयोजना गरिने प्रादेशिक महोत्सव २०७५ का बिषयमा नेपालगन्जबाट प्रकाशित हुने छापा सन्चारमाध्यममा कार्यरत पत्रकारहरुसंग छलफल गर्नुका साथै सुझाव लिईएको छ ।
आईतबार संघको कार्यालय एवं महोत्सव सचिवालयमा पत्रकारहरुसंग नेपालगंज उधोग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, उपाध्यक्ष दुर्गा प्रसाद भण्डारी, महोत्सव प्रचारप्रसार समितिका संयोजक टंक बहादुर धामी, उपसंयोजक चिरञ्जीवी ओलीले महोत्सव सफल बनाउने सम्बन्धमा सुझाव लिनुभएको थियो ।
नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ५ का महासचिव भेषराज बस्नेत, महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारु, यहाँकाट प्रकाशित हुने पत्रिकाका सम्पादक लगायतका पत्रकारहरुले महोत्सवलाई सफल बनाउन सन्चारक्षेत्रमा गर्नुपर्ने सहयोग गरिने बताउनुभयो । साथै उहाँहरुले महोत्सवलाई जिल्लाबासीले अपनत्व महसुस गर्ने गरी आयोजना गर्न सुझावदिनुभयो ।
नेपालगंज उधोग बाणिज्य संघका अध्यक्ष बैश्यले स्थानीय उत्पादन बृद्धिको जागरण ल्याउने उदेश्यले आयोजना गर्न लागिएको महोत्सवमा सन्चारक्षेत्रबाट सकारात्मक सहयोगको अपेक्षा गरेको बताउनुभयो । साथै उहाँले सन्चारक्षेत्रबाट सकारात्मक सुझाब तथा आलोचनाको सदैव अपेक्षा गरिएको पनि उल्लेख गर्नुभयो । महोत्सव प्रचार प्रसार समितिका संयोजक टंक बहादुर धामीले महोत्सवलाई सफल बनाउनका लागि प्रचारप्रसारको कामलाई बिगतका वर्षभन्दा परिस्कृती गर्दै लैजाने बताउनुभयो । साथै उहाँहरुले महोत्सव अवधीभर फ्रिी वाईफाई जोन बनाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । प्रचार प्रसार समितिका उपसंयोजक चिरञ्जीवी ओलीले आईतबार नेपालगन्जबाट प्रकाशित हुने दैनिक, साप्ताहिक, पाक्षिक पत्रिकाका सम्पादक, अग्रज पत्रकारहरुसंग छलफल गरिएको जानकारी दिनुभयो ।  अर्को भेटमा एफएम, टिभी, अनलाइन र राष्ट्रिय सन्चारमाध्यममा कार्यरत पत्रकारहरुसंग निरन्तर छलफल गर्ने कार्यक्रम रहेको प्रचारप्रसार समितिले जानकारी दिएको छ ।
Share:

0 comments:

Post a Comment

Copyright © Som Gurung. Designed by Bamdev Pokhrel