नेपालगन्ज / प्लान इन्टरनेशनलको विश्वव्यापी सामाजिक परिवर्तनको अभियान गल्र्स गेट इक्वेल एक भव्य कार्यक्रमवीच नेपालगन्जमा शुभारम्भ भएको छ । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा शुरु भएको यो अभियानका क्रममा समुदायमा रही सामाजिक परिवर्तनका योगदान गरेको पाँच किशोर किशोरीहरुले आफ्नो कथा सुनाए किशोर किशोरी दुवै समान र सक्षम छन् भन्ने सन्देश दिएका छन् । “माइ स्टोरी, अ बीग स्टोरी, वीइआर एबल एण्ड इक्वेल” भन्ने शीर्षक तथा किशोरीका लागि समान शक्तिको आव्हानसहित किशोरी र किशोरहरुले कथा सुनाएका थिए । यस्तै खालको कार्यक्रम ५ वटा प्रदेशका विभिन्न ठाउँहरुमा आज शुरु भएको प्लान इन्टरनेशनल नेपालले जनाएको छ ।
कथा सुनाउने कार्यक्रमले किशोरी र किशोरहरुलाई उनीहरुको शक्ति र प्रेरणाको कथा सुनाउने मौका दिएको, प्लान इन्टरनेशनल नेपालका संचार प्रवन्धक एवं अभियानका संयोजक श्रीराम केसीले बताउनु भयो । उहाँले यस्तै खालका कार्यक्रम देशका पाँच प्रदेशका पाँच ठाउँमा सम्पन्न भएको र ५ देखि २४ वर्ष उमेरका २५ जना किशोरकिशोरीहरु आफ्नो समुदायमा उनीहरुलाई प्रभावित पार्ने बिषयमा नीति निर्माता, समुदाय र अभिभावकलाई प्रेरित गर्न सक्षम भएका कथाहरु सुनाएको जानकारी दिनु भयो ।
कार्यक्रमका अवसरमा प्लान इन्टरनेशनल नेपालका क्षेत्रिय प्रवन्धक मिना पराजुलीले गल्र्स गेट इक्वेल क्याम्पेन प्लान इन्टरनेशनलको कार्यक्रम सञ्चालन भएका ५० देशमा गत २०१८ अक्टोवरमा घोषणा गरिएको बताउनु भयो । गल्र्स गेट इक्वेल क्याम्पेन हरेक किशोरी र महिलाहरुमा उनीहरुको आफ्नो जीवनका लागि शक्ति पैदाको सुनिश्चित गर्न तथा उनीहरुलाई आफ्नो चाहना अनुसारको परिवेश निर्माण गर्न प्लान इन्टरनेशनलले अघि सारेको यो विश्वव्यापी अभियान भएको पनि जानकार िदिनु भयो। । उहाँका अनुसार यो अभियानले किशोरी एवम् बालिकाका लागि समान शक्ति, समान स्वतन्त्रता र समान प्रतिनिधित्वको माग गरेको छ ।
युवाहरुको संस्था आयोन, बाँके जिल्ला युवा संजाल र वीइ फर चेन्जको समन्वयमा शुभारम्भ भएको अभियानमा प्रदेश सभाका सभासद विजय यादव, नेपालगन्ज उपमहानगरपालिका महिला शाखा प्रमुख शोभा शाह, जिल्ला समन्यय समितिका संयोजक अरुण श्रीवास्तवले अभियानको सफलताको कामना गर्नुभएको थियो ।
कार्यक्रममा बालबालिका बेचिविखन विरुद्धको अभियानका सक्रिय अभियन्ता स्वस्तिका थारु, बालक्लवका रुपेस बुढा क्षेत्री, अंपगाता भएकी किशोरी हिरा खत्री र बालक्लवकै दिक्षा न्यौपानले आफूहरुले समाजको परिवर्तन र निर्णयकर्ताहरुलाई प्रभाव पार्न सकेको कथाहरु सुनाएका थिए । कथाले किशोर किशोरी पनि अवसर पाए समान हुन सक्ने, अनुभावमा आधारित कथा सुनाए पश्चात अभियान अंकित व्यानर लोर्कापण गरेर अभियानको औपचारिक सुरुवात गरेका थिए भने समानताको प्रतिक बरावरीको निलो चिन्हलाई किशोर किशारी एवं युवाहरुले समर्थन र प्रतिवद्धता सहित आफ्नो गालामा उक्त चिन्ह कोरेका थिए ।


0 comments:
Post a Comment