नेपालगंज ४ असोज / महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्राईको उपस्थितीमा आज नेपालगंजमा अभिकर्ता अभिमुखीकण कार्यक्रम सम्पन्न गरेको छ ।आज पनि भोली पनि, बचत पनि सुरक्षा पनि भन्ने स्लोगन सहित जीवन बीमा क्षेत्रको कान्छो जीवन बीमा कम्पनीको रुपमा बजारमा आएको कम्पनीले शुरुवातमा ३ वटा बीमाको योजना ल्याएर बजारमा आएको बीमा कम्पनीले छ महिनाको अवधिमा नै ८ बढी बीमाका नयाँ नयाँ युनीक योजनाहरु बजारमा ल्याएको छ ।
बजारमा उपल्बध बीमा योजना भन्दा नितान्त फरक जीवन हेरचाह बीमा, डबल सावधीक बीमा, लगानी फिर्ता म्यादी बीमा लगायतका योजनाहरु बजारमा ल्याएको छ । कम्पनीका प्रमुख कार्याकारी अधिकृत रमेश कुमार भट्टराईले जीवन बीमा क्षेत्रको इतिहास, नेपालमा जीवन बीमाको सम्भावना र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको भावी योजना, कम्पनीका रणनीती विषयवस्तुहरु लगायत अभिकर्ताहरुलाई उत्तप्रेरणत्मक प्रशिक्षण प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले कम्पनीका सबै योजनाहरु र एजेन्सी सिस्टमका फाईदाका विषयमा प्रशिक्षण दिनु भएको थियो ।अभिमुखीकरण कार्यक्रममा ५० बढिको सहभागीता रहेको महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड कोहलपुर, शाखा कार्यालयका शाखा प्रमुख बामदेव पोख्रेलले जानकारी दिए ।

0 comments:
Post a Comment