सोम गुरुङ्ग,बारबर्दिया(बर्दिया ) २ कार्तिक / अतिरिक्त क्रियाकलाप गर्नाले बालबालिकाको चौतर्फी बिकास हुने सहभागीले बताएका छन् । सामाजिक सचेतन सरोकार मन्च(स्याक) को आयोजना तथा प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बर्दिया जिल्लाको बारबर्दिया अवस्थित युवक माविमा भएको बालिबालिकाको लागि अतिरिक्त क्रियाकलापमा सो कुरा बताएका हुन् । प्रायोजित सन्चार परियोजना अन्तर्गत ४ दर्जन बढी प्रायोजित बालबालिकाहरुलाई स्टेशनरी समेत प्रदान गरिएको छ ।
आज भएको सो क्रियाकलापमा युवक माविका प्राधनाध्यापक केशव राज बस्यालले यस्ता प्रकार क्रियाकलापले बालबालिको बौद्धिक विकास तथा शारिरीक र मानसिक विकास हुुने हुदाँ निरन्तरताको समेत अपेक्षा गर्नु भएको छ । साथै उहाँले अहिलेको बालबालिका भोलिको लागि भविष्य भएको हुदाँ शिक्षामा जोड दिनु पर्नेमा जोड दिनुभयो । सो अतिरिक्त कार्यक्रममा चित्रकला, दौड र म्युजिक गेम पनि खेलाइएको थियो ।
सो प्रतियोगितामा विजयीहरुलाई पुरुस्कार वितरण गर्नु हुदै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष फग्गु थारुले पढाईको साथ साथै अतिरिक्त क्रियाकलापमा बालबालिकाहरुलाई समावेश गराउनु पर्नेमा जोड दिनुभयो ।
सो अतिरिक्त कार्यक्रममा प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सन्चालित प्रायोजित सन्चार परियोजनाका कार्यक्रम संयोजक शेषकान्त शर्माले बाल दुरब्वहार भए कहाँ उजुरी गर्ने भन्ने बारे समेत जानकारी गराउनु भएको थियो । साथै बालबालिकाहरुलाई खेलको माध्यमबाट मनोरन्जन प्राप्त भई स्वस्थ रहने र साथीसँग समन्वय र सहकार्य बढ्ने र शिक्षामा सफल प्राप्त हुने बताए । सामुदायिक विद्यालयमा हाल अतिरिक्त क्रियाकलाप कम हुन गरेका छन् ।





0 comments:
Post a Comment