बालविवाह रोकथाम, यौनहिंसाबाट बच्नको लागि ईन्टरनेटको सही सदुपयोग गर्नु पर्ने एक कार्यक्रमका सहभागी किशोरीहरुले बताएका छन् ।
प्लान इन्टरनेशल नेपालको सहयोगमा जानकी गाउँपालिकाको समन्वय र स्याक नेपालको आयोजनामा २ दिने किशोरीका क्लबकाका पदाधिकारीका लागि साईबर कानुन र सामाजिक सन्जाल मार्फत लेख प्रकाशन सम्बन्धि तालिममा सो कुरा बताएका हुन् ।
सो तालिममा जानकी गाउँपालिकाका वडा नं.४ का किशोरी क्लबका २ दर्जन बढी किशोरीको सहभागिता रहेको छ ।

सो प्राविधिक तालिमका प्रशिक्षक सोम गुरुङले क्म्प्युटरका आधारभुत जानकारी साथै सामाजिक सन्जालबाट कसरी सुरक्षित रहने उपाय बारे पनि प्रशिक्षण दिएका थिए ।
साथै ईन्टरनेट कसरी सन्चालन गर्ने र ईमेलको फाइदा बारे जानकारी दिएका थिए । साथै त्यसै गरि स्याक नेपालका सुपरभाईजर पुस्पा सुनारले बालअधिकार के हो ? लैगिंक हिंसा र बालविवाह रोक्ने उपायहरुका बारेमा जानकारी गराएका थिइन् ।

साथै उहाँले सो तालिममा बालबिवाह सम्बन्धि कानूनी ब्यवस्था र यौनहिंसा रोकथाममा किशोर किशोरीको भुमिकाको बारेमा अभिमुखिकरण गरिएको छ ।
जानकी गाउँपालिका वडा नं. ४ का सहभागी किशोरी देविका शाहीले आफूले यस तालिममा साइबर कानुन भनेको के हो? साईबर क्राइमबाट कसरी सकिन्छ भन्ने बारे जानकारी पाएको बताइन् ।

समाजमा बाल बिवाहले पार्ने नकारात्मक प्रभाव र कानूनी ब्यवस्थाका बारेमा जानकारी गराई बालबिवाह रोक्न अभिप्रेरित गर्ने, बालमैत्री र लैंगिक मैत्री बातावरण संचालन गर्नमा मद्धत पुग्ने लगायतका उदेश्यका साथ तालिमको आयोजना गरिएको स्याक नेपालका परियोजना प्रबन्धक जगदिश थापाले जानकारी गराउनु भएको थियो ।

0 comments:
Post a Comment