SITE TRANSLATOR

Friday, July 13, 2018

सरसफाई अभियानमा सक्रिय बन्दै वडघर विप्र थारु

तारा बहादुर खाती / वडघर विप्र थारु अहिले विशेष गरि पूर्ण सरसफाइ अभियानमा व्यस्त हुनुहुन्छ । वडघर भए पछि समुदायमा आउने हरेक समस्यालाई समाधान तिर लैजानु उनको कर्तव्य हो र लागीरहन्छन पनि तर पछिल्लो समयमा उनले जव पूर्ण सरसफाइ सम्वन्धि गाउँपालिकाको आयोजकमा,GSF UN Habitat  को सहयोग र IDS Nepal/Mayus Bardiya  सहजीकरणमा सञ्चालित अभिवृद्धीमूलक तालिम लिने र अवलोकन भ्रमण गर्ने मौका पाए पछि अहिले (२०७४ चैत्र देखि) पूर्ण सरसफाई उन्मुख समुदाय वनाउन खटेका छन । “हरेक प्रकारको प्रगती र परिवर्तन लागी स्वास्थ्य राम्रो हुनु आवश्यक छ, जुन केवल पूर्ण रुपमा सरसफाइ युक्त समुदाय तथा वातावरणमा र आनि–वानी भए मात्र सम्भव छ र मलाई पूर्णसरसफाइका सूचकहरु वारे मात्र होइन समुदायलाई यहाँको शीप र कला प्रयोग गरि डेकोरेटेड, सज्जि–सजावट सुन्दर र आर्कशक वनाउने वारे पनि थाहा भएकाले भ्रमणीय गाँउ वनेको छ र वाँकी ठाउं वन्दै छ पनि” वताउनुहुन्छ वडघर विप्र थारु।
विगत आठ वर्ष देखि गेरुवा गाउँपालीका वडा नं. २ उल्टनपुरका पांच वटा समुदाय (वेलपुर, पश्चिमपुर, दक्षिणपुर, विचपुर र भैरमपुर ) मध्ये वेलपुरका वडघर तथा उल्टनपुरका सहायक वडघर भइ काम गरेका उनि यो वर्ष देखि मुख्य वडघर भएका छन । करिव २४० घरधुरी भएको उल्टनपुरमा उनि संगै समुदाय पिच्छे चार वडघर अर्थात उल्टनपुरका सहायक वडघरहरु पनि छन जस्ले गर्दा समुदायमा वनेका सरसफाइ समितीको सल्लाहकारमा वसि अभियानलाई अगाडी वढाउन सफल भएका छन ।
उल्टनपुरका पाँचवटा समुदाय मध्ये छोटो समयमा नै तीनवटा समुदाय पूर्ण सरसफाइउन्मुख भइसकेका र दुईवटा समुदायमा आधा भन्दा वढी काम सकीएको थारु वताउनुहून्छ र भ्रमणमा अनुभव पनि भयो । हरेक दिन कुनै न कुनै समुदायमा पुग्ने र केही, सम्भव भए सवै घरधुरीमा समितीका पदाधिकारी तथा सहायक वडघरसंग सयुक्त रुपमा अनुगमन गरी, नतिजा माथि गहन छलफल गरी अगाडी वढ्ने तरिका सिकाउने साथै कार्य योजना वनाउन सहयोग गर्ने र निर्देशन गर्नुहुन्छ । तत्पश्चातः मात्रै समुदायका अन्य कार्य÷विषयवस्तुमा व्यस्त रहने उहाँको दिनचर्या रहेको छ ।
“तीन वर्ष पहिले तत्कालीन गााविस पाताभार खुल्ला दिसा मूक्त घोषणा भए पछि सरसफाइका लागी चर्पी मात्र भए सरसफाइ पुग्छ भन्ने लागेको थियो तर पूर्ण सरसफाइको वारेमा वुझी सके पछि त सरसफाइमा हामी धेरै पछाडी परेको महसुस भयो, जस्तैः– अरु भन्दा नि वनेका शौचालयहरु नै अशुरक्षित र सफा गर्ने र आवश्यक साधनको ज्ञानको अभाव भएको महशुस भयो त्यस्तै गरि सफा सावुनपानीले हात धुनु पर्ने अवस्था र चरण, सुरक्षित पानी तथा पानीका स्रोत र प्रयोग गर्ने भाडाहरुको सफाइको ज्ञानको कमी, छुट्टै तथा व्यवस्थित गोठ नभइ घर वरपर वाटोघाटोमा फोहर हुनेगरि वस्तुभाउ वाध्ने र घरवाट निस्केको जुनै प्रकारको फोहर पनि मन लाग्दो ठाँउमा फाल्ने, वच्चाको दिसा पनि कोयाले उठाइ वाटोमा फालिने हुन्थ्यो तर अहिले मुख्य वडघरको विशेष सक्रियतामा हामि सवै मिलेर यस अभियानमा होमिएका छौ, साथै २४० घरधुरी मध्ये ७० प्रतिशत अर्थात तीन वटा समुदाय तयार भइसकेको वताउनुहुन्छ सहायक वडघर बुद्धी थारु ।
वेला–वेलामा सहयोग र सहजिकरण गर्ने संस्था, W/RM WASH CC  तथा विभिन्न ठाँउवाट अवलोकन भ्रमणहरु पनि भइरहने हुँदा समुदाय तथा सरसफाइमा नेतृत्व गर्ने व्यक्तिहरुको मनोवल वृद्धि हने गरेको पनि पाइयो । २०७५ असाढ २ गते शनिबारको दिन उल्टनपुरका समुदाय मध्ये विशेषगरि बेलपुरमा अनि पश्चिमपुर र भैरमपुर समुदायमा साइट भ्रमणमा वाटर सप्लाई एण्ड स्यानिटेसन कोलावोरेटिभ काउन्सिल (WSSCC), ग्लोबल स्यानिटेशन फण्ड, यु.एन ह्याविटाट, आई.डि.एस नेपाल, मायुस बर्दिया लगायतका संघसंस्थाका प्रतिनिधिहरु गेरुवा गाउँपालिका र वडा कार्यालय÷स्थानीय सरकारका अधिकारीहरु सहित बेलपुर समुदायमा सयुक्त अनुगमन भ्रमण पनि भएको थियो । भ्रमणको क्रममा Programme Analyst, Asia Regional Unit, WSSCC, जेनेभा एल्सा जोन्सले  “आज मैले धेरै कुरा हेर्ने र सिक्ने अवसर पाए । तपाईहरुको कामको प्रशंसा वर्णन गर्न असमर्थ छु” भनि प्रशंसा गर्नुभएको थियो । त्यसैगरि  ग्लोबल स्यानिटेशन फण्ड, यु.एन ह्याविटाट सरसफाइ तथा स्वच्छता विश्लेषक मदन मल्लले “तपाईहरुको लगनशीलता अति नै राम्रो पायौ, ढिलो शुरुवात गरेपनि तपाईहरु धेरै राम्रो काम गर्न सफल हुनु भएको रहेछ । यहाँहरुलाई हार्दिक बधाइ” भन्नु भयो । साथै “विकास प्रतिको सकारात्मक सुन्दर सोच र हृदयमा केही गरेर दखाऔं भन्ने अठोट भएपछि गाउँटोल पनि सफा र सुन्दर बन्दो रहेछ”, एकीकृत विकास समाज ( आई.डि.एस. नेपाल) का कार्यकारी निर्देशक प्रकाश कोइरालाले पनि प्रशसा गर्नुभएको थियो । अनुगमन पछि वसेको वैठकमा त्यही वडाका वडाअध्यक्ष आलोक कुमार चौधरीले “पूर्ण सरसफाइ हाम्रो नेपाल सरकारको कार्यक्रम हो, यो कुनै दातृ निकाय, विदेशी तथा स्वदेशी संघसंस्थाको कार्यक्रम हैन, उनिहरुले त नेपाल सरकारलाई सहयोग गर्ने हो, हामी गेरुवा गाउँपालिकाको तर्फबाट यो अभियानको नेतृत्व गरि अगाडि बढिरहेका छौ ।” सहितको मन्तव्य संगै समापन भएको कार्यक्रमले समुदायमा थप उर्जा ल्याएको  प्रतिक्रिया दिनुहुन्छ सक्रिय वडघर विप्र थारु ।
वडघर विप्र थारु र सहायक वडघर तथा सरसफाइ समितिले पूर्ण सरसफाइ अभियान अघिको अवस्था र अभियान सञ्चालन पछि आएका परिवर्तन दिएको जानकारी निम्न प्रकारको छ ।


“सुरुमा हेर्दा समान्य लाग्ने यो काम गर्दै जांदा यस्को महत्व धेरै रहेको र सरसफाइ तथा सुन्दरताका धेरै नविनतम उपाए र विचारहरु थपिदै जाने रहेछ । तसर्थ हामिले यती सम्म गरेका छौ अझ थप नया नौलो तवरतरिका पनि प्रयोग गर्ने कोशिस गर्नेछौ” भन्नुहुन्छ प्रमुख वडघर । वालवालीका, वयस्क, वृद्ध–वृद्धा सवैलाइ पूर्ण सरसफाइ सम्वन्धि ज्ञान भएको र व्यवहारमा पनि उतारिसकेका छन र यस्लाई दिगो रुपमा अघि लानेछौं , सम्भव भए गाउँपालीका तथा अन्य ठाउँमा समेत सहयोग र सहजिकरण गर्न पछि हट्ने छैनौं–थप्नुहुन्छ वडघर थारु ।
सवै समुदायमा अलग–अलग सरसफाइ समिती वनेको अवस्थामा पनि वडघर विप्र थारु असल सल्लाहकारको रुपमा प्राय दैनिक नै समितीसंग छलफल गर्ने तथा सहयोग गर्ने हुंदा हामी सवैमा जोश र उत्साह थपिएको छ र धेरै खुसी पनि छौँ भनि वताउनुहुन्छ वेलपुर सरसफाइ समितीकी अध्यक्ष फूलरानी चौधरी ।
छाटो समयमा पनि पूर्ण सरसफाइ सम्वन्धि धेरै वुझेका वडघर विप्र थारु साचिकै महान हुनुहुन्छ । समुदायमा मेलमिलाप र हित हुने कुनै पनि काममा पछि नहटि निरन्तर खटिरहने व्यक्ति हुनुहुन्छ, मेहनती र वहुक्षमतावान व्यक्तित्व भएका थारु समुदायमा मात्र होइन वडा तथा गाउंपालीकामा पनि छुट्टै स्थान रहेको वताउनुहुन्छ ।GSF/UN Habitat  को सहयोग तथा IDS Nepal/Mayus Bardiya को सहजिकरण्कमा सञ्चालित पूर्ण सरसफाइ अभियानका सामाजिक परिचालक राम कुमार चौधरी । समुदायको परिवर्तन तथा समुदायका व्यक्तिहरुको सरसफाइ सम्वन्धि सकारात्मक धारणा तथा प्रयासलाई हेर्दा सरसफाइ दिगो रहने देखिन्छ, साथैअन्य ठाउंका व्यक्ति तथा समुदायले पनि यस समुदायवाट धेरै कुरा सिक्न सक्ने देखिन्छ । उल्टनपूरवासीलाई शुभकामना । जय सरसफाइ ।
जिल्ला संयोजक 
आईडिएस नेपाल, बर्दिया



Share:

0 comments:

Post a Comment

Copyright © Som Gurung. Designed by Bamdev Pokhrel