SITE TRANSLATOR

Monday, July 16, 2018

स्वास्थ्य शिक्षामा जोड, भवन निमार्णका लागि पहल

नेपालगन्ज ३२ असार । नेपालगन्ज शहरसंग जोडिएका ग्रामिण क्षेत्रमा अझै स्वास्थ्य सचेतनाका कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिइएको छ । नेपालगन्ज उपमहानगरपालिका १७ परसपुरका विभिन्न टोलमा केही स्थानीयले स्वास्थ्य शिक्षाको अभावमा अझै पनि बच्चाहरुलाई खोप नगाउने, अन्य स्वास्थ्य सेवाको उपभोग नगर्ने गरेकाले सेवा प्रवाहमा समस्या भएको महिला स्वयम्सेविकाहरुले बताएका छन । सेभ द चिल्डेनको सहकार्यमा बाँके युनेस्को क्लबले आज सोमबार आयोजना गरेको सामाजिक परिक्षण कार्यक्रमका सहभागिहरुले समुदाय सचेत नभएर समस्या भएकाले स्वास्थ्य शिक्षा परामर्शका कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिइएको थियो ।
स्वास्थ्य व्यवस्थापन समितिका सदस्य रामगोपाल बर्माले यस क्षेत्रमा वर्षौदेखिको स्वास्थ्य समस्या पछिल्लो समयमा केही सुधारउन्मुख भएको दाबी गर्नुभयो । स्वास्थ्य संस्थाको विकास तथा समुदायमा स्वास्थ्य सचेतनामुलक कार्यक्रम संचालनका लागि वडा कार्यालयसंग समन्वय गरि बजेट माग गर्ने प्रतिबद्धता गर्नुभयो ।
स्वास्थ्य चौकीमा प्रसुती गृह नहुदा केही महिलाहरु जोखिम मोलेर घरमै बच्चा जन्माइरहेको अवस्था छ । भवनको अभावले प्रसुती गृह स्थापना गर्न नसकिएको र भएका भवन समेत व्यवस्थित नहुदा सेवा प्रवाहमा समस्या भएको स्वास्थ्य व्यवस्थापन समिति सदस्य ख्वाजुद्दिन इद्रिसीले बताउनुभयो । कार्यक्रममा ४ बुदे कार्ययोजना समेत निमार्ण गरिएको थियो । स्वास्थ्य संस्थाको भवनका लागि जग्गा खोजी गर्ने, स्वच्छ खानेपानी धाराको जडान तथा शौचालयको व्यवस्थापन गर्ने, समुदायमा सचेतनामुलक स्वास्थ्य शिक्षा कार्यक्रम संचालन गर्ने, कार्यलयमा पंखाको व्यवस्थापन गर्ने लगायतका बुदासहितको कार्ययोजना निमार्ण गरिएको स्वास्थ्य चौकी इन्चार्ज दिपा थापाले बताउनुभयो ।
उहाका अनुसार तयार गरिएको कार्ययोजनालाई कार्यन्वयनका लागि सम्वन्धित निकायमा पहल गरिनेछ । पत्रकार राकेश कुमार मिश्रले सहजीकरण गरेको कार्यक्रममा स्वास्थ्य चौकीका सि अहेवा कमल उपाध्यायले सेवा, वर्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । त्यस अवसरमा उक्त वडाका बृद्ध महिला स्वयम्सेविका आइसा वेगमलाई स– सम्मान विदाई गरिएको थियो । नेपाल सरकारको निती अनुसार ६० वर्ष पुगेको र अस्वस्थताका कारण काम गर्न नसक्ने भएपछि ६५ वर्षिय आइसालाई रु २० हजार नगद प्रदान गरि विदाई गरिएको थियो । त्यसक्रममा नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाले उपलब्ध गराएको झोला र छाता त्यहाका ११ जना महिला स्वास्थ्य स्वयम्सेविकालाई वितरण गरिएको थियो ।
Share:

0 comments:

Post a Comment

Copyright © Som Gurung. Designed by Bamdev Pokhrel