बाँके / सूचना र मानव अधिकार अनुसन्धान केन्द्र(आईएचआरसी) ले पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत बाँके जिल्लामा शिक्षाको सवालमा काम गर्नका लागि सामुदायिक विद्यालयमा सूचनाको पारदर्शिताको कमी सवाल पहिचान गरेकोे छ । सो सवाललाई समाधान गर्नका लागि जिल्ला स्थित शिक्षा क्षेत्रमा काम गर्दै आएका शिक्षा गठबन्धन सामाजिक संस्थाहरुको प्रतिनिधिसंग बैठक बसी बृहत छलफल गरेको छ ।
सो छलफलमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र(आईएचआरसी) ले तथ्य संकलनको लागि बनाएको प्रश्नावलीहरु माथि ब्यापक छलफल भएको थियो । सहभागी भएका सिविन नेपाल, बाँकेका प्रमुख सिद्धराज पनेरुले शिक्षक र अभिभावकलाई सोध्ने प्रश्नावलीमा केही प्रश्न फरक हुनु पर्ने केही सुधार गर्नु पर्ने बताउनुभयो । शिक्षामा लामो समय सम्म बाँकेमा कार्यरत संस्था बाँके युनेस्को क्लबका शंकर थारुले प्र.अ.को मासिक बैठकमा सहभागी भई पनि सूचना लिन सकिने र सूचनालाई थप प्रमाणीकरण गर्नको लागि श्रोत ब्यक्तिको प्रतिवेदनलाई पनि अध्ययन गर्न सकिने जानकारी दिनुभयो । सो गठबन्धन बैठकमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका कार्यक्रम प्रबन्धक रविन्द्र कुुमार ज्ञवालीले यस परियोजनाले उठाएको सवालका बारे प्रष्ट पार्नु भएको थियो ।
सामुदायिक विद्यालयमा सूचनाको पारदर्शिताको कमी सवालमा बाँके जिल्लामा अन्य सामाजिक संस्थाले काम नगरेको जानकारी प्राप्त भएको छ । तर यो सवाल विद्यालयलाई सुशासन कायम गर्नको लागि अत्यन्त जरुरी रहेको छ । सूचना र मानव अधिकार अनुुसन्धान केन्द्रका कार्यकारी निर्देशक राकेश कुमार मिश्रले पारस्परिक जवाफदेहिता परियोजनाको उद्धेश्य बारे जानकारी गराउनुभएको थियो । सो बैठकमा सिविन, बाँके युनेस्को क्लब, बेस बाँके, स्याक नेपाल, जिपिएस नेपाल, एचआरएम नेपाल, थर्ड एलाईन्स, आईएसडिसी नेपाल संस्थाहरुकोसहभागिता रहेको थियो ।

0 comments:
Post a Comment