SITE TRANSLATOR

Monday, August 20, 2018

‘सूचना महत्वपुर्ण आवश्यकता’-अध्यक्ष लालबहादुर श्रेष्ठ


बर्दिया / मानव जीवनमा गाँस, बास र कपास जत्तिकै सूचना पनि एक महत्वपुर्ण आवश्यकता भएको बढैयाताल गाँउपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताउनु भएको छ ।
‘सूचना हाम्रो अधिकार, सुशासन र विकासमा हाम्रो अधिकार’ भन्ने मुल नारासहित बढैयाताल गाँउपालिका कार्यालयमा आयोजना गरिएको कार्यक्रममा अध्यक्ष श्रेष्ठले सो कुरा बताउनु भएको हो ।
सूचना दिवसको अवसरमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले आफ्नो गाउँपालिका जनताले सूचना पाउने हक प्रत्याभुतिका लागि जिम्मेवार रहेको बताउनुभयो ।
गाँउपालिकाले नागरिकलाई सूचना दिनका लागि वेव पेज, फेसबुक पेज, आई.सि.टि, सूचना पाटी, रेडियो, पत्रपत्रिका लगायतका माध्यमबाट सूचना प्रवाह गरिरहेको उहाँले बताउनु भयो ।
सूचना माग्ने र सूचना दिने कुरालाई सुनिश्चित गरिएको गाँउपालिका कार्यालयका कार्यकारी अधिकृत नारायणप्रसाद ढकालले बताउनुभयो । उहाँले जुनसुकै विकास निर्माण र सार्वजनिक सेवा बारेमा भएको प्रगति र प्रक्रिया बारेमा सूचना दिन गाउँपालिका हरदम तयार रहेको बताउनु भयो ।
गाँउपालिकाले सूचनाको हक प्रवर्धनका लागि निरन्तरे काम गरिरहेको भएपनि अझै पनि सोचे अनुसारको उपलब्धि हाँसिल हुन नसकेको नेकपाका सदस्य डिल्ली गौतमले सो अवसरमा बताउनु भयो ।
कार्यक्रममा गाँउपालिका उपाध्यक्ष दिपाकुमारी गौतम, वडा नं ६ अध्यक्ष रामहर्ष थारु, जनप्रतिनिधिहरु, स्वास्थ्य शाखा प्रमुख बिष्णु पौडेल, सूचना र मानव अधिकार अनुसन्धान केन्द्र बर्दिया जिल्ला जवाफदेहिता अधिकृत सोम गुरुङ, दिगो रेडियो श्रोता समूहका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
Share:

0 comments:

Post a Comment

Copyright © Som Gurung. Designed by Bamdev Pokhrel