भाद्र १९ बर्दिया / बढैयाताल गाउँपालिकाले ४ बर्ष भित्र बालविवाह मुक्त गाउँपालिका घोषणा गर्ने प्रतिबद्धता जनाएको छ । बढैयाताल गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले “बाल विवाह अन्त्य गर्न सम्भव छ” भन्दै आफनो कार्यकालको ४ बर्ष भित्र बढैयाताल गाउँपालिकाको सम्पूर्ण ९ वटै वडालाई बालविवाह मुक्त घोषणा गर्ने साझा प्रतिबद्धता जनाउनुभयो ।
प्रमुख अतिथि समेत रहनुभएका गाउँपालिका वडा अध्यक्ष श्रेष्ठले बाल विवाह एक जघन्य अपराध भएकोले यसलाई निर्मुल पार्नु पर्नेमा जोड दिनुभयो । त्यसैगरी वडा नं. १ का वडा अध्यक्ष शेर बहादुर थापाले बाल विवाह रोक्नलाई सबै एकजुट हुनुपर्ने बताउनुभयो ।
सो कार्यक्रमको विशिष्ट अतिथि बाल विवाह निर्मुल परियोजनाका परियोजना संयोजक चक्रराज गिरीले बाल विवाहले गर्दा अहिले समाजका घरेलुु हिंसा बढि रहेको बताउनु भयो । साथै उहाँले बाल विवाह रोक्नको लागि सम्पूर्ण सरोकारवाला निकायहरु सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो ।
सो कार्यक्रमको अध्यक्षता गर्नु भएका बढैयाताल गाउँपालिकाका उपाध्यक्ष दिपा कुमारी गौतमले “बाल विवाह अन्त्य गर्न सम्भव छ” भन्दै बढैयाताल गाउँपालिकालाई बाल विवाह मुक्त बनाउने साझा प्रतिबद्धता वाचन गरेर प्रतिबद्धता समेत जनाउनुभयो ।
सो कार्यक्रममा स्वागत मन्तब्य महिला तथा बालबालिका शाखाका प्रमुख कल्पना गाहा गर्नु भएको थियो भने कार्यक्रम सन्चालन सुन्दर चौधरीले गर्नु भएको थियो । बढैयातालमा एकपात लक्जम्वर्गको आर्थिक सहयोग र आवाज संस्थाको सक्रियतामा बाल विवाह निर्मुल परियोजना सन्चालन भईरहेको छ ।

0 comments:
Post a Comment