SITE TRANSLATOR

Saturday, September 15, 2018

बर्दियाको बढैयाताल गाँउपालिकाले पनि राष्ट्रिय बाल दिवस मनाए

बर्दियाको बढैयाताल गाँउपालिकाले पनि राष्ट्रिय बाल दिवस मनाएको छ ।



बर्दियाको बढैयाताल गाँउपालिकाले पनि राष्ट्रिय बाल दिवस मनाएको छ । खुसी नेपाली, समृद्ध नेपाल बाल अधिकार सबैको सरोकार भन्ने नाराका एकपाट लग्जम्बरको सहयोग, बढैयाताल गाँउपालिकाको समन्वय र आवाज संस्था बर्दियाको आयोजनामा एक कार्यक्रमका बिच दिवस मनाएको हो । कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख कल्पना गाहाले गाँउपालिका भित्रका बालबालिकारुको समस्याहरु योजनाबद्ध रुपमा समाधान गर्दै जाने बताउनु भएको थियो । उहाले आगामी दिनमा प्राथमिकताको आधारमा कार्यक्रमहरु सञ्चालन गदै जाने बताउनु भएको थियो । त्यस्तै बढैयाताल गाँउपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक दिपा कुमारी गौतमले कुनै पनि अपठ्यारोमा परेका बालबालिकाहरुको समस्याहरु सरकारी निकायबाट समाधान गर्न न्याय दिलाउन सक्दो पहल गर्ने बताउनु भएको थियो । उहाले बालबालिकाहरुको लागि आबश्यक पर्ने लेखकुद सामाग्री, शिक्षा र मनोरञ्जनका कार्यक्रमहरुलाई परियोजना मार्फत माग रहेमा उपलब्ध गराईने समेत बताउनु भएको थियो । आवाज संस्था बर्दियाका कार्यक्रम अधिकृत गंगा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा  बढैयाताल गाँउपालिकाका उपाध्यक्ष दिपा कुमारी गौतम, ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी साहायक निरिक्षक दिनेश कुमार चदारा, मैनापोखर स्वास्थ्य शाखा प्रमुख बिष्णु पौडेल, गाँउपालिकाका सुचना अधिकारी रमेश पौडेल, शिक्षा शाखाका शिक्षा अधिकारी बिष्णु ढकाल, महिला तथा बालबालिका शाखा प्रमुख कल्पना गाहा, सामुदायिक प्रहरी सेवा केन्द्रका प्रतिनिधी मिना सुनार, महिला सेल लक्ष्मी गुरुङ, एकल महिला जिल्ला संयोजक मिना थापा, संकल्प महिला सहकारी संस्था कालिकाका अध्यक्ष लक्ष्मी अधिकारी, नागरिक समाज, सघसंस्था, कोपिला बाल सुलभ केन्द्र, चेतनशिल बाल सुलभ केन्द्र गराँस बाल सुलभ केन्द्र र सारदा उच्च माबिका बालबालिकाहरुको सहभागिता रहेका थियो । कार्यक्रममा सारदा माध्यामिक बिद्यालय मैनापोखर कक्षा १० का अध्ययनरत अस्मिता क्षेत्रीले स्वातग मन्तव्य राख्नु भएको थियो । बिभिन्न नाराहरु लगाउदै भएको कार्यक्रममा सहभागि बालसुलभ केन्द्र र विद्यालयका बालबालिकाहरुले आआफनो प्रतिभा समेत देखाएका थिए । भने कार्यक्रम संचालन रेडियो गुर्वावा एफ.एमका प्रशिक्षार्थी पत्रकार सुन्दर चौधरीले गर्नु भएको थियो ।
Share:

0 comments:

Post a Comment

Copyright © Som Gurung. Designed by Bamdev Pokhrel