असोज २ बर्दिया / बर्दिया जिल्लाको बढैयाताल गाउँपालिकाको सामुुदायिक बिद्यालयहरुमा स्वास्थ्य परिक्षण पहलको लागि आज ज्ञापन पत्र बुझाइएको छ । नेपालको संविधानको धारा ३५ (१)मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिनेछैन भनी मौलिक हकको रुपमा उल्लेख गरेको छ । राष्ट्रिय शिक्षा विधेयक २०७५ अनुसार विद्यालयहरुमा अनिवार्य रुपमा प्राथमिक स्वास्थ्य उपचार गरिनुपर्ने ब्यवस्था ल्याएको छ । यसै अन्तर्गत रहेर सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले सामुुदायिक विद्यालयमा स्वास्थ्य परिक्षण हुनु पर्ने भन्दै बर्दिया जिल्लामा रहेर शिक्षा क्षेत्रमा कार्यरत संस्थाहरुसंग सहकार्य गरि सो सवाललाई उठान गर्ने गरेको छ ।
बढैयाताल गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठ र प्रशासकिय प्रमुख लाल बहादुुर योगीलाई बढैयाताल गाउँपालिका वडा नं. ३ मा गठन गरिएको स्थानीय सभाका अध्यक्ष हरि बहादुर घर्ती र सचिव गंगाधर पराजुलीले ज्ञापन पत्र बुझाउनु भयो । ज्ञापन पत्र बुझनु हुदै अध्यक्ष श्रेष्ठले विद्यार्थीहरु सबै भन्दा पहिले स्वास्थ्य रहे मात्रै गुणस्तरीय शिक्षा आर्जन गर्न सक्ने भएकोले आगामी दिनमा बढैयाताल गाउँपालिकाको स्वास्थ्य शाखा र शिक्षा शाखासंग समन्वय र सहकार्य गरि विद्यालयहरुमा स्वास्थ्य परिक्षण गर्ने प्रतिबद्धता गर्नु भयो ।
सामुुदायिक विद्यालयमा स्वास्थ्य परिक्षण नहुनु भन्ने सवाल छनौट गरि विद्यालयमा विद्यार्थीको स्वास्थ्य परिक्षण भए नभएको बारे वस्तु स्थिती बारे अनुसन्धान समेत गरिएको सूचना र मानव अधिकार अनुसन्धान केन्द्र बाँकेका कार्यक्रम ब्यवस्थापक रबिन्द्र कुमार ज्ञवालीले जानकारी गराउनु भयो । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका जिल्ला जवाफदेहिता अधिकृत सोम गुरुङले सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत बढैयाताल गाउँपालिकामा रहेको सामुदायिक विद्यालयहरुमा स्वास्थ्य परिक्षण नभएको बारे सवाल उठाउदै आएको जानकारी दिनुभयो ।

0 comments:
Post a Comment