SITE TRANSLATOR

Tuesday, September 25, 2018

सार्वजनिक सेवा प्रवाहबारे नेपालगन्जमा फोटो प्रदर्शनी

नेपालगन्ज  ९  असोज / राज्यले प्रदान गर्ने सार्वजनिक सेवा सुुविधाहरुको अवस्था झल्काउनका लागि मंगलबार नेपालगन्जमा फोटो प्रदर्शनी गरिएको छ । पारस्परिक जवाफदेहिता परियोजनाको आयोजनामा भएको प्रदर्शनमा नेपालका ३४ वटा जिल्लाहरुको स्वास्थ्य, शिक्षा, कृषि, विपद्सँग सम्बन्धित फोटोहरु समावेश गरिएको थियो ।
फोटो प्रदर्शनीको आरम्भ गर्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तोयानारायण सुवेदीले फोटोको माध्यमबाट सार्वजनिक सेवा प्रवाहको बारेमा स्थानीय सरकारलाई समेत सजग बनाएको बताउनुभयो । “फोटो आफै बोल्छ भने जस्तै प्रत्येक फोटोबाट हामीले हेर्ने बित्तिकै एउटा सन्देश पाउन सक्छौं” कार्यकारी अधिकृत सुवेदीले भन्नुभयो ।
पारस्परिक जवाफदेहिता परियोजनाका उपप्रमुख सजना महर्जनले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनका लागि फोटोको माध्यमबाट वकालत गर्न प्रदर्शनको आयोजना गरिएको बताउनुभयो ।
यसैगरी इक्वेल एक्सेसका मिडिया आउटरिच म्यानेजर बिशाल रानामगरले राज्यले जनतालाई दिनुपर्ने सेवाप्रति जिम्मेवार बनाउन फोटो प्रदर्शनले मद्दत गर्ने बताउनुभयो ।
फोटो प्रदर्शनी अवलोकन गर्न आएका ब्रिटिस इंगलिस बोर्डिंग स्कुलका छात्राहरु स्नेहा घिमिरे र सुभेक्षा चन्दले किताबमा शिक्षा, स्वास्थ्यसँग सम्बन्धित पढेको भएपनि प्रदर्शनीमा राखिएको फोटोले यसबारे बुझ्न मद्दत गरेको प्रतिक्रिया दिए । ‘हामीले यहाँ भएका फोटोहरु हेरेर स्वास्थ्य, शिक्षासँग सम्बन्धित कुराहरु बुझ्न पायौं ।’ चन्दले भनिन् । त्यसै गरि होप ईन्टरनेशनल एकेडेमीका विद्यार्थीहरुले पनि अवलोकन गरेका थिए ।
नेपालका ३४ वटा जिल्लाका सन्चालित पारस्परिक जवाफदेहिता परियोजनाले सामुदायिक संघसंस्था तथा मिडियाको क्षमता अभिवृद्धिका माध्यमबाट सार्वजनिक सेवा प्रवाहको बारेमा वकालत गरिरहेको छ ।
युएसएडको सहयोग तथा एफएचआई३६०को साझेदारीमा सन्चालन भएको परियोजना अन्र्तगत आयोजना गरिएको प्रर्दशनीको इक्वल एक्सेस, हरप्लेस र सूचना र मानव अधिकार अनुसन्धान केन्द्र(IHRC)ले संयोजन गरेका थिए ।
प्रदर्शनीमा ३४ जिल्लाका सामुदायिक सन्चारकर्मीहरुले खिचेका ४९ वटा फोटो प्रदर्शनमा राखिएको थियो । जसलाई बाँके जिल्लाका विभिन्न सरकारी तथा गैरसकारी निकायका प्रतिनिधी, संचारकर्मी, शिक्षक तथा विद्यार्थीहरु गरी ३ सय बढिले अवलोकन गरेको आयोजकले जानकारी दिएका छन् ।
Share:

0 comments:

Post a Comment

Copyright © Som Gurung. Designed by Bamdev Pokhrel