खजुरा ७ मंसिर / खजुरा गाउँपालिकाको आयोजना र प्लान ईन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगन्ज र स्याक नेपालको आर्थिक सहयोगमा खजुरा गाउँपालिकामा आज पालिका स्तरीय बालक्लब संजाल गठन भएको छ ।
सो कार्यक्रममा खजुरा गाउपािलकाको उप प्रमुख एबं बाल संरक्षण समितिका संयोजक एकमाया विकको अध्यक्षतामा सम्पन्न भएको थियो । उहाँले समग्र बालबािलकाको अधिकार सुनिश्चिताको लागि पालिका स्तरीय बालक्लब संजाल गठन गरिएका बताइन् । सम्पूर्ण वडा बाट १०/१० जना का दरले जम्मा ११५ जना बालबािलकाको सकृय सहभागिता रहेको थियो भने खजुरा गाउँपालिका पालिका प्रमुख लगायत बिभिन्न शाखाका प्रमुखहरू साथै वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।
सो कार्यक्रम सहजिकरण स्याक नेपालका कार्यक्रम संयोजक शेषकान्त शर्मा र बाल अधिकारकर्मी पुर्णप्रसाद उपाध्यायले गर्नुभयको थियो भने कार्यक्रम संचालन पालिकाको महिला तथा बालबालिका शाखा कि सुसिला न्यौपानेले गर्नुभयको थियो ।सो पालिका स्तरीय बालक्लब संजालमा सुम्निमा गुरूङ अध्यक्ष , रामराज कोरि उपाध्यक्ष , सुदिप रसाईली सचिब र कोषाध्यक्षमा रेखा राड र सबै बडा बाट २/२ जना सदस्य सहित १७ जनाको संजाल गठन भएको छ । कार्यक्रम ब्यबस्थापनमा सहयोग गर्ने स्याक नेपालका सुपरभाईजरहरू पुजा बक्छेल, अर्मिला रोकाय र अक्लिम खानहरूलाई खजुरा गाउँपालिकाले धन्यवाद समेत दिएका थिए ।



0 comments:
Post a Comment