सोम गुरुङ,बर्दिया ८ पौष । बढैयाताल गाउँपालिकाका जनप्रतिनिधि, अभिभावक तथा बालक्लवका प्रतिनिधिहरु बालविवाह रोक्न प्रबिबद्ध भएका छन् । बढैयाताल गाउपालिका स्तरीय वाल संरक्षण समितीको आयोजना , महिला विकास शाखाको समन्वय तथा प्लान ईन्टरनेशनल नेपाल र सामाजीक सचेतन सरोकार मंच (स्याक)को सहयोगमा बढैयाताल गाउँपालिकामा भएको जनप्रतिनिधिहरुलाई बालविवाहन्यूनीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बालबिवाह रोक्ने प्रतिबद्धता प्रतिबद्धता जनाएका हुुन ।
जनप्रतिनिधि तथा अभिभावकहरुलाई बालविवाह न्यूनीकरणमा जनप्रतिनिधि तथा अभिभावकलाई भुमीका के के हुने सम्बन्धि अन्तरक्रिया कार्यक्रम गर्नुुको उद्धे्श्य बारे बालिका संरक्षण परियोजना र बालिका एजेन्सी तथा युवा शसक्तिकरण परियोजना कार्यक्रमका परियोजना संयोजक शेषकान्त शर्माले जानकारी दिए । अभिभाबकहरुलाई बालविवाह न्यूनीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सहजीकरण अधिवक्ता राजकुमार थारूले वालविवाहबाट हुने असर र अभिभावक हरुले खेल्ने सकारात्मक भुमिकाको वारेमा सहजीकरण गर्नु भएको थियो । यस्तै कार्यक्रम समापनको क्रममा अभिभावक, जनप्रतिनिधिहरुले आउदा दिनहरूमा अभिभावकले छोराछोरीहरुलाई असल अभिभावकको भुमिका खेल्नु पर्नेमा जोड दिएका थिए । पालिका स्तरीय बाल संरक्षण समितिका संयोजक तथा बढैयाताल गाउँपालिकाका उपाध्यक्ष दिपा कुुमारी गौतमले स्थानिय तहहरुमा बालसंरक्षण नीति कार्यान्वय गराउन साथै बालबालिकाको हक अधिकार संरक्षण र बालविवाह विरुद्ध अभियान सन्चालन गर्न पालिकाले सम्पूर्ण सामाजिक संस्था,प्रहरी, विद्यालय र सबै निकायसंग समन्वय र सहकार्य गरि योजना अनुसार कार्य सबै वडाहरूमा अभियानको रुपमा अघि बढ्ने र यस गाउपालिकालाई नमुना वनाउनका लागी बालविवाह रोक्नु पर्ने प्रतिबद्धता समेत जनाइन् । आउदा दिनहरुमा कोहि वालबालीकाहरु विद्यालयवाट वंन्चित नहुने र यसको लागी सबैले सचेत नागरीकको भुमिका निर्वाह गर्नु प्रर्ने बताईन् ।
हाल बढैयाताल गाउँपालिकामा प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बालिका संरक्षण परियोजना र बालिका एजेन्सी तथा युवा शसक्तिकरण परियोजना कार्यक्रम संचालन भइरहेको छ । सो परियोजनाले स्थानीय तहमा बाल संरक्षण नीति बनाउन र कार्यान्वयमा जोड दिने स्याक नेपालका सहजकर्ता जनक चौधरीले बताए ।



0 comments:
Post a Comment