SITE TRANSLATOR

Monday, December 24, 2018

स्थानीय नागरिकहरु कानुन बारे अनविज्ञ

सोम गुरुङ,बर्दिया ९ पुस /  स्थानीय नागरिकहरुमा नयाँ बनेको कानुन बारे अनविज्ञ रहेको आज भएको एक कार्यक्रममा सहभागीहरुले बताएका छन् ।  फातिमा फाउण्डेशन नेपाल नेपालगन्जको आयोजना तथा संकल्प काठमाण्डौंको सहकार्यमा बर्दियाको  गुलरियामा यौनजन्य, लैगिक तथा महिला हिंसा, प्रदेश स्तरीय छलफल कार्यक्रम सम्पन्न भएको छ ।  
सो छलफल कार्यक्रममा अधिबक्ता  विश्वजित तिवारीले लैगिंक हिंसा सम्बन्धि बनेको कानुन बारे स्पष्ट पार्नु भएको थियो त्यसै गरि नागरिकता प्राप्त गर्ने प्रक्रिया बारे पनि प्रष्ट पार्नु भएको थियो । उहाँले भखैरै आएको मुलुकी देवानी संहिता बारे पनि स्पष्ट पार्नु भएको थियो । सो कार्यक्रमको प्रमुख अतिथि फातिमा फाउण्डेशन बर्दियाका सल्लाहकार अतित अहमद इराकीले २० बर्ष भन्दा सानै उमेरमा विवाह गर्ने चलनले गर्दा महिलाहरु हिंसामा परेको बताए । उहाँले २० बर्ष पुगे पछि मात्र बिबाह गर्न समेत अनुरोध गरे । 
त्यसै गरि फातिमा फाउण्डेशन नेपालका उपाध्यक्ष तथा सकल्प काठमाण्डौका केन्द्रिय सदस्य मैमुना सिद्धिकीले अझै पनि मधेशी तथ मुस्लीम समुदायका महिलाहरु हिंसा खेपेर बसिरहेका बताइन् । उनीहरुलाई सचेतना गराई लैगिक समानताको मुलधारमा ल्याउनुुपर्ने बताइन् । सो कार्यक्रममा संकल्पका सदस्य बिन्द्रा खरेल, फातिमा फाउण्डेशन नेपाल, बर्दिया शाखाका अध्यक्ष रेखा राईले आआफनो विचार राखेका थिए । सो छलफलमा मेशेशी, मुस्लीम, दलित समुदायको ५० भन्दा बढीको सहभागिता रहेको थियो । सो कार्यक्रम संकल्प ५ नं. प्रदेशका अध्यक्ष आमना आतुन हलवाईको अध्यक्षतामा सम्पन्न भएको थियो । 
Share:

0 comments:

Post a Comment

Copyright © Som Gurung. Designed by Bamdev Pokhrel