नेपालगन्ज २७ पुस . नेपाल युवा संस्था संजाल आयोन काठमाण्डौंको आयोजना र जिल्ला युवा क्लब संजाल बाँकेको स्थानीय साझेदारीमा बाँकेमा संचालन भईरहेको सुशासनका लागि युवा परियोजना अन्र्तगत बाँके जिल्लाका स्थानीय युवाहरुसंग आवश्यकता पहिचान कार्यशाला नेपालगंजमा सम्पन्न भएको छ ।
सो कार्यक्रममा नेपालगंज,कोहलपुर,जानकी,खजुरा र डुडुवा गाउँपालिकाका २५ जना युवाहरुको सहभागिता रहेको थियो ।
सो कार्यक्रमको सहजिकरण जिल्ला युवा क्लब संजाल बाँकेका अध्यक्ष आशिष बर्माले गरेका थिए । कार्यक्रममा स्थानिय निकायमा युवाको सहभागिता,राजनीतिमा युवाको सहभागिता र निर्वाचनमा युवाको सहभागिता ३ वटा बिषयमा छलफल गरिएको जिल्ला युवा क्लब संजाल बाँकेका सचिव राजन बर्माले दिनुभयो ।



0 comments:
Post a Comment