सोम गुरुङ्ग, खजुरा २८ माघ / विद्यालयमा यौन प्रजनन स्वास्थ्य र अधिकार बारे खुलेर कुरा गर्ने वातावरण सिर्जना गर्नु पर्ने एक कार्यक्रममा सहभागी शिक्षकहरुले जोड दिएका छन् । प्लान ईन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगंजको सहयोग तथा खजुरा गाउँंपालिका शिक्षाशाखाको सहकार्यमा र स्याक नेपालको आयोजनामा सामुदायिक बिधालयका शिक्षकहरुलाई यौन प्रजनन स्वास्थ्य र अधिकार सम्वन्धी १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
बिधालयमा किशोर किशोरीको प्रजनन तथा यौन ब्यबहार परिबर्तनबाट पर्ने असरहरुबाट संरक्षण गर्ने र बिधालयमा किशोर किशोरीमैत्री कक्षाको निर्माण गरि खुल्ला रुपमा प्रजनन र यौन जिज्ञासा र समस्याहरु फोकल शिक्षकको माध्यमबाट समाधान गराउने र नेपालमा यौन प्रजनन स्वास्थ्य र अधिकारको अबस्थाको जानकारी गराउँने उद्धेश्यले अभिमुखिकरण संचालन गरिएको स्याक नेपालका सुपरभाइजर अर्मिला रोकायले जानकारी दिइन् ।
सो अभिमुखिकरण कार्यक्रमको प्रमुख अतिथि खजुरा गाउँपालिकाका शिक्षा शाखा प्रमुख बिश्वराज ढकालले सहभागीहरुलाई स्वागत गर्दै महिनावारीले गर्दा बालिकाहरुको पढाई अनियमित हुने र शिक्षकहरुले बिधालयमा किशोरीमैत्री केन्द्र निमार्ण गरि बालिकाको पढाइ नछुट्ने बातावरण निमार्ण गर्न आग्रह समेत गर्नुभएको छ ।
उक्त अभिमुखिकरणको उदेश्य र महत्वको बारेमा प्लान ईन्टरनेशनल नेपालका स्पोन्सरसिप म्यानेजर स्नेहलता श्रेष्ठले आफनो विचार राख्दै शिक्षकहरुलाई अभिमुखिकरणमा सिकेका कुराहरु आआफ्नो बिधालयमा गएर जानकारी गर्न र ब्यवहारमा समेत लागु गर्न गराउन आग्रह गर्नुभएको छ । सो अभिमुखिकरण कार्यक्रममा बालिका संरक्षण परियोजनाका परियोजना संयोजक शेषकान्त शर्माले संचालन गर्नुभएको थियो भने खजुरा गाउँपालिकाको स्वास्थ्य शाखाका लक्ष्मी के.सीले सहजीकरण गर्नुभएको थियो र उक्त अभिमुखिकरण कार्यक्रममा खजुरागाउँ पालिकाका १४ वटा माध्यामिक बिधालयवाट बालसंरक्षण फोकल शिक्षकहरुको सहभागिता रहेकोे स्याक नेपालका सुपरभाईजर पूजा बक्छेलले जानकारी गराइन् ।

0 comments:
Post a Comment