SITE TRANSLATOR

Saturday, February 16, 2019

बृटिस स्कुलमा निसुल्क स्वास्थ्य शिविर

नेपालगंज ३ फागुन / शान्तिनगर नेपालगन्ज स्थित बृटिस ईंग्लिश बोर्डिङ स्कुलमा ईको हिमालयन ईन्टरनेशनल भक्तपुरको आयोजना तथा बिधालयको सहकार्यमा  निशुल्क स्वास्थ्य सिबिरको आयोजना गरेको छ वडा नम्बर चारका वडा अध्यक्ष मोहम्मद सफिक बेहनाको प्रमुख आतिथ्यमा एक दिवसीय  चेक जाँच कार्यक्रम गरिएको थियो वडा अध्यक्ष बेहनाले स्वास्थ्यनै धन हो हामी स्वास्थ रहन आहार र व्यबहारमा ख्याल गर्न र निएमित योग गर्ने बताउनु भयो।अतिथिमा बिधालयका संचालक  अध्यक्ष निरज शाह, अभिभावक कुल प्रसाद शर्मा लगायतको उपस्थिति थियो ।
सो सिबिरमा काठमाडौ बाट आउनु भएका वरिष्ठ प्राकृतिक चिकित्सक डा. दिपक प्रसाद चौलागाई र डाक्टर मानव चाम्लिङ राईले स्वास्थ्य   पारिक्षण तथा  औषधी दिएका थिए । सो  शिविरमा सम्पुर्ण शरीरको चेक जाँच मसिन द्वारा गरिएको स्कुलका प्रिन्सिपल  हेमन्त राज काफलेले  जानकारी दिए ।
Share:

0 comments:

Post a Comment

Copyright © Som Gurung. Designed by Bamdev Pokhrel