SITE TRANSLATOR

Thursday, May 23, 2019

मानव अधिकार संरक्षणमा नागरिक समाजले अहम भुमिका खेल्नु पर्नेमा जोड

सोम गुरुङ, नेपालगन्ज ९ जेठ /  मानव अधिकार संरक्षण तथा सम्बद्र्धनमा नागरिक समाजले अहम भुमिका खेल्नु पर्ने राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारीले बताइन् । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको  आयोजनामा नेपालगन्जमा  भएको एक भेटघाट कार्यक्रममा उहाँले यस्तो बताएका हुन । उहाँले विषेश गरी मानव अधिकार संरक्षणमा नागरिक समाजको अहम भूमिका रहने र मानव अधिकारका लागि सदैव आफु तत्पर रहेको पनि बताइन् । बाँके र बर्दिया, दागं, कैलाली र कञ्चनपुरमा बाक्लो बसोबास रहेको थारु समुदायमा देखिएको सिकलसेल एनिमिया रोगको सवालमा पनि  छलफल गरिएको थियो । उहाँले यस सिकलसेल एनिमिया रोगको लागि राज्यलाई थप सेवासुविधाको लागि पहल गर्ने बताईन् । सो भेटघाट कार्यक्रममा नेपाल बार एसोसियसन ५ नं प्रदेशका उपाध्याक्ष सुनिल श्रेष्ठ, राष्ट्रिय मानव अधिकार आयोग, नेपालगन्जका प्रमुख चन्द्रकान्त चापागाई, अधिवक्ता बल बहादुर चन्द, प्रभाकर भट्टराई, केवलसिह थारुको सहभागिता रहेको थियो । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारीलाई मायोको चिनो स्वरुप आरटिआई झोला आईएचआरसीका अध्यक्ष अधिवक्ता विश्वजित तिवारीले हस्तान्तरण गर्नुभएको सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका कार्यक्रम ब्यवस्थापक रविन्द्र कुमार ज्ञवालीले  बताए ।  
Share:

0 comments:

Post a Comment

Copyright © Som Gurung. Designed by Bamdev Pokhrel