नेपालगन्ज १४ बाँके / र्याले अन्तरराष्ट्रिय नेपालद्वारा ३ महिना सम्म सिकेका ज्ञान सीप नेपालगंजको विद्यार्थीहरुलई स्वयंसेवकको महत्व बुझाउदै अन्तरराष्ट्रिय नागरिक सेवा स्वयंसेवक २०१८ को स्वयंसेवक मो. सज्जन सिद्दिकीले नेपालगन्जको ए बि सी आवासीय उच्च माध्यमिक बिद्यालयका विद्यार्थीहरुलाइ स्वयंसेवकको महत्व के हो , स्वयंसेवक गर्दा आई पर्ने चुनौतीहरु र यसका फाईदाहरुको बारेमा ३५ भन्दा
बढी विद्यार्थीरुलाई अभिमुखीकरण गरेका छन् ।
सो १ दिने कार्यक्रममा सो विद्यालयका विद्यार्थीहरु स्वयंसेवक बारेमा प्रष्ट भएका थिए । सो कार्यक्रममा उपस्थित विद्यार्थीहरु अब आउदो दिनमा आफु पनि नेपालगंजमा स्वयंसेवक भएर कार्य गर्ने प्रतिबद्दता जनाएका थिए ।
सो बिद्यालयको प्राधानाध्यापक शशी स्वाँरले आफु पनि विद्यार्थीहरुलाई स्वयंसेवकको भावना जागृत गराई सामाजिक विकासमा लाग्न र लगाउन अभिप्रेरित गरिरहेको बताइन् । आगामी दिनमा यस्तै प्रकारका कार्यक्रम नेपालगंजमा संचालन गरि नेपालगंजका युवाहरुलाई उत्प्रेरित गरि क्षमता विकास गर्ने सज्जन सिद्दिकीले जानकारी दिए ।


0 comments:
Post a Comment