SITE TRANSLATOR

Wednesday, May 29, 2019

देविका केसी

म त तारा भएछु 

सानी जुनेलि रातको जुनसरि चम्किरहनु है 
सगरमाथाको चुचुरो भै अटल रहनु है 
भगवान बुद्व जस्तै शान्त रहनु है 
अनि ज्ञानी बनेर सहनशिल हुनु है 
जीवनमा अनेक उत्तार चढावहरू आउलान
संयम भई सामना गर्नु है 

कसैको अगाडी अधेरो मुख नलगाउँनु
आफ्नो कर्तब्य कहिल्यै नभुल्नु 
हाँसी हाँसी संसारलाई जितिदिनु 
तिमी जे गर्दा खुशि हुन्छेउ त्यहि गर्नु 
हाम्रा मायाका चिनोहरूलाई स्नेहले हुर्काउँनु
शत्रु बैरीहरूका अगाडी हाँसोको पात्र नबन्नु 

जीवनको भोगाईमा कहिले बादल लाग्ला त
कहिले घाम लाग्ला, कहिले पानी पर्ला 
त कहिले आँधि, हुरि र बताश नै आईदेला 
तर बिन्ती कुनै  पनि हालतमा नआत्तेउ है तिमि 
म तिम्रो साथमा हुँदा दिएका अर्ती र
उपदेशहरू मनन गर्दै अगाडी बढदै जाउ ल सानु

मेरो तिमिसँग मात्रै एउटा सानो गुनासो छ 
तिमि आजभोली किन फीका भएर बस्छेउ त ? 
कस्ले सिकायो तिमिलाई यस्तो  कुरा ?
कस्ले भन्यो मेरो अबसानपछि रातो नलगाउन ?
खै निधारको रातो टिका अनि सिउँदोमा सिन्दुर ?
खै तिम्रो रातो चुरा अनि गलाको मंगलसुत्र ?

छोडिदेउ ति सबै हानीकारक परम्पराहरू
मात्र तिमी रसिली, हँसिली र खुशेली भएर बाँच
मेरो आत्मा त्यतिबेला मात्र खुशि हुनेछ सानी 
जब तिमी सुखि, खुशि, रसिली र हँशिली हुन्छेउ 
तिमी जे गर्दा खुशि हुन्छेउ त्यहि गर
तर बिन्ती तिमी उराठ लाग्दो नवन ल 

आजभोली त म तिम्रो रमिते मात्र भएको छु
तिमि ठान्छेउ होला मत तिमिबाट टाढा भै सके
अह अह त्यो पटक्कै होईन१ 
साँझमा  सिधा आकासतिर हेरत
सबैभन्दा चम्किने चम्किलो तारा भएको छु 
तिमिलाई हेर्दै बसेको छु ।

मानबअधिकारकर्मी
कागेश्वरी मनोहरा नगरपालीका- ९ , हात्तिडाँडा, काठमाण्डौ
Share:

0 comments:

Post a Comment

Copyright © Som Gurung. Designed by Bamdev Pokhrel