SITE TRANSLATOR

Sunday, January 5, 2020

नेपालगन्ज उपमहानगरपालिकाद्वारा अन्सारी र बर्मालाइ बधाई तथा सफल कार्यकालको शुभकामना

भानु खबर,नेपालगन्ज  / संघीय युवा सन्जालको केन्द्रिय कार्यसमिति संगै प्रदेश न.५ को ईन्चार्जमा नेपालगन्जका साहिल अन्सारी र संघीय युवा क्लब संजालको केन्द्रिय सद्स्य तथा केन्द्रीय सचिबालयमा पुजा बर्मा चयन  भएकोमा नेपालगन्ज उपमहानगरपालिकाले सम्मान गरेको छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय,राष्ट्रिय युवा परिषद मातहतमा रहने संघीय युवा क्लव संजालले पुर्णता पाएको छ। बिहिबार राष्ट्रिय युवा परिषदमा भएको केन्द्रिय कार्यसमितिको बैठकबाट अन्सारीलाई प्रदेश ईन्चार्जको जिम्मा लगाईएको थियो ।बालअधिकार संगै युवाहरुको क्षेत्रमा फरक पहिचान बोकेका अन्सारी सो क्षेत्रमा निकै कृयाशिल रहेका छन।प्रदेश इन्चार्ज भैसकेपछी युवाहरुको क्षेत्रमा स्थानीय र प्रदेश सरकार तथा सरोकारवाला निकायसङ्ग थप सहकार्य र समन्वय गरि काम गर्ने अन्सारीको लक्ष्य रहेको छ ।

अन्सारी संघीय युवा संसद २०७६ का सदस्य समेत हुन। संघीय युवा सन्जालको प्रदेश न.५ नेपालगन्जकी पूजा बर्मा पनि केन्द्रिय सदस्यमा चयन भएकी छिन । र देशै भर ९१ वटा पालिकामा पालिका स्तरीय युवा संजाल , १२२३ वटा वडाक्लब, र ७ प्रदेश युवाक्लब सञ्जाल र गठन भैसकेको थियो। ति सबै युवा क्लब संजालको करिब १०० जना युवा प्रतिनिधिको भेलाबाट केन्द्रिय कमिटीले पुर्णता पाएको हो।
त्यस्तै चालु आव २०७६/७७ मा थप ६० वटा पालिकामा नयाँ वडा क्लब गठन तथा गाउँ/नगर युवाक्लब सञ्जाल गठन गर्ने प्रक्रिया शुरु गरिएको राष्ट्रिय युवा परिषदका उप-सचीव तथा सूचना अधिकारी ध्रुव राज पौडेलले बताउनु भयो।हाल सम्म गठित युवा क्लब संजालको प्रतिनिधिहरुको भेलाबाट केन्द्रिय कमिटीले पुर्णता पाएको हो। नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मागरले दोसल्ला ओढाई बधाई  तथा  सफल कार्यकालको शुभकामना दिएका थिए । 
Share:

0 comments:

Post a Comment

Copyright © Som Gurung. Designed by Bamdev Pokhrel