कृष्ण पाण्डेय, भानु खबर, सुनवल / तरुण दल वार्ड समितिको पुनःगठन आज भएको छ । साविकमा सुरज पाण्डेयको नेतृत्वमा रहेको वार्ड समितिले नयाँ नेतृत्व पाएको हो जसको अध्यक्षमा प्रविन थापा मगर निर्विरोध चयन भएका छन । त्यस्तै वरिष्ठ उपाध्यक्षमा गणेश न्यौपाने , उपाध्यक्षहरुमा अनिल टण्डन,बिर वहादुर खवास , सचिवमा मुक्तीराम पाण्डेय(हरी)सह सचिवमा रमन काफ्ले,कोषाध्यक्षमा चिरञ्जीवी डुम्रे,सदस्यहरुमा विक्रम सिजांली,सुमन भण्डारी लगाएतका सदस्यहरु चयन भएका छन । त्यस्तै साविक सुनवल ११ का तरुण दल सभापती सुरज पाण्डेयलाई भने नगर कमिटिमा पठाउने निर्णय गरेको छ । चयन भएका सभापती प्रविन थापा मगरले आगामी दिनमा सबै युवाहरुलाई समेट्दै सामाजिक काममा लाग्ने तथा वार्ड नं.११ का हरेक टोलहरुमा तरुण दलको टोल समिति बनाउने प्रतिबद्धता समेत गर्नुभयो ।


0 comments:
Post a Comment